रम्भाका स्थानीय व्यबसाहिक तरकारी खेतिमा

बिकाश काफ्ले

पाल्पा, १९ मंसिर

पाल्पाको रम्भा गाउँपालिका-४, हुमिन, रमैडाँडाका स्थानीय ब्यबसाहिक तरकारी खेतिमा लागेका हन् लालिगुराँस बचत तथा ऋण सहकारी संस्था आबद्ध स्थानीयल बाँझो हुनलागेको बारीमा बन्दा, ब्रोकाउली, टमाटर, आलु , बन्दा , मुला , साग जस्ता तरकारी लगाएका छन् ।

रम्भा गाउँपालिका वडा नम्बर-४, हुमिन,रमैडाँडाका स्थानीयले २९ रोपनी क्षेत्रफलमा तरकारी बालि मुला, काउली, बन्दा, टमाटर जस्ता तरकारीबाली लगाएका छन्। ब्यबसाहिक तरकारी खेति गर्न करिब ५ लाख लागत रहेको र बार्षिक ८ लाख आम्दानी गर्ने उद्देश रहेको मिलिजुली कृषि समूहको अध्यक्ष कान्छी कुमारी दलार्मिले जानकारी दिनुभयो। गाउँका कृषि योग्य भूमिहरु दिन प्रति दिन बाँझिदै गए पछि यस क्षेत्रका स्थानीय आर्य आर्जन बृद्धि र स्वोरोजगारी लागि ब्यबसाहिक तरकारी खेतीको गरिएको अध्यक्ष दर्लामिले बताउनु भयो। उहाँले खेतीयोग्य उर्वरा खालि रहेको जग्गाको सदुपयोग गर्न , स्थानीयहरुको आर्य आर्जनमा बृद्धि गर्न , तरकारी खेतिलाइ ब्यबसाहिक बनाउने लक्ष्य रहेको बताउनु भयो।

लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमि ले उत्पादित कृषि उपज संकलनको लागि कृषि संकलन केन्द्र समेत सञ्चालन रहेको अध्यक्ष दर्लामिले बताउनु भयो।इ लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रबिधिक सहयोगमा ब्यबहारिक कृषि खेति भएको सहकारी संस्थाका कार्यकारी प्रमुख बिष्णु बहादुर बोमरेलले बताउनु भयो।

SHARE