जिब्रोले निधार छुँदा संसारभरी भाइरल भए कटवाल

काठमाडौं । नेपालका एक जना ३५ वर्षीय व्यक्ति आफ्नो जीब्रोले निधार छुने अनौठो क्षमताका कारण अहिले विश्वभरीका सामाजिक सञ्जालमा भाइरल भएका छन् ।  सामान्यतया मानिसलाई आफ्नो नाक जिब्रोले छुन पनि गाह्रो हुने गरेकोमा मोरङ उर्लाबारीका यज्ञबहादुर कट्वालले भने सीधै निधारसम्म आफ्नो जिब्रो पु¥याउने गरेका छन् । बेलायतको मेट्रो युकेले भिडियो सहित दिएको समाचारमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ता गर्न चाहेका छन् ।

स्थानीय विद्यालयमा ड्राइभरका रुपमा काम गरिरहेका उनले आफूले जिब्रोले निधार छुँदा केटाकेटीहरु भने डराउने गरेको समेत बताएका छन् । उनका साथीहरुले सामाजिक सञ्जालमा फोटो राखिदिएपछि उनको अहिले संसारभरी चर्चा भएको हो । भिडियोमा उनको ओठले नाक छोप्ने र जिब्रोले निधार छोएको देखिन्छ । कटवालले आफू विश्वकै लामो जिब्रो भएको व्यक्ति भएको दाबी गरेका छन् । उनको जिब्रोको लम्बाईको तुलनात्मक नाप जाँच भने अझै भएको छैन ।

उनले आफूले  बुलेट बाइकको आवाजपनि निकाल्ने गरेको भन्दै भिडियोमा पनि आवाज निकालेका छन् । आफूले हरर फिल्ममा काम गर्न पाउने हो भने राम्रो  गर्ने उनले बताएका छन् । ‘‘मैले अरु कलाकारले जस्तो मेक अप गर्नु जरुरी नै छैन,’’ उनले भनेका छन् । कटवालले आफ्नो दाँत नभएका कारण यसरी जिब्रोले निधार छुन सजिलो भएको बताएका छन् । कटवालले आफ्ना साथी पुष्कर नेपालले उनको भिडियो बनाइदिएको र त्यसपछि आफू चर्चित बन्न पुगेको बताएका छन् । उनले आफू शारीरिक र मानसिक रुपमा स्वस्थ भएको समेत बताएका छन् ।

उनको स्कुलको प्रशासनले भने आफ्ना त्यस्ता गतिविधि जथाभावी नदेखाउन उनलाई आग्रह गरेको बताइएको छ । किनकि त्यस्ता गतिविधिले विद्यालयका बच्चा डराउन सक्छन् । बच्चाहरु आफूसँग नजिक पर्न डराउने गरेको र ठूला मान्छे पनि आफूले त्यसो गरेको बेला तर्सिने  गरेको कट्वालले  बताएका छन् । अहिले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा सबैभन्दा लामो नाक हुनेको सूचीमा निक स्टोबर्लको नाम छ । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेमी लामो रहेको बताइएको छ ।

https://metro.co.uk/2018/12/03/man-claims-to-be-only-person-in-the-world-who-can-lick-their-forehead-8202929/

SHARE