निस्दीकी धनमाया बनिन् पाल्पा लाेक अार्इडल, (भिडीयाे सहित)

पाल्पा, मंसिर ८

श्रीनगर सामुदायिक टेलिभिजनद्वारा आयोजित पाल्पा लोक आईडलको विजेता धनमाया दिसुवा बनेकि छिन् । गत पुस १५ गतेदेखी सुरू भएकाे प्रतियाेगिताकाे फस्ट रनरअप कमल नेपाली र रेकेण्ड रनर अप अाेमप्रकाश सिंजाली बनेका छन् । पाल्पा अार्इडलले नगद एक लाख रूपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् ।

वगनासकाली नैना परियार, रम्भा गाउपालिका ओम प्रकाश सिंजाली र कमल नेपाली, रामपुर दिलिप मानन्धर र तानसेन धनमाया दिसुवा उत्कृष्ठ पाँचमा परेका थिए । पौष १५ देखी सुरु भएको आईडलको अडिसन राउण्डमा २ सय २३ जनाको सहभागीता रहेको थियो । जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १ सय ३८ प्रतिस्पर्धीहरु छनौट भएका हुन् । बगनाशकाली ११, रिब्दीकोट ६, रैनादेवी छहरा १३, तिनाउ ७, रम्भा १८, पूर्वखोला ७, निस्दी ९, माथागढी गाउँपालिकाबाट १० साथै रामपुर २४ र तानसेन नगरपालिकाबाट ३६ जना प्रारम्भिक छनौटमा परेका थिए ।

आईडलमा पाल्पासँगै स्याङ्जा, गुल्मी, तनहुँ, पर्वत, काठमाण्डौं, धादिङ्ग, जाजरकोट, रुपन्देही र नवलपरासी जिल्लाका लोक पारखीहरुको सहभागीता रहेको छ । कार्यक्रममा लोकगायक पुरुषोत्तम गैरे र प्रेम लामिछाने मगरले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

कार्यक्रम संयोजक नारायण न्यौपानेले स्थानीयता, जातीय विश्वास, आस्था, प्रचलन, पेशागत काम झल्किने गरि पाल्पा लोक आइडल घोषणा हुने बताए । प्रकृतिको चित्रण, जैविक विशेषता, स्थानीय जातिका भाषा र मूल्यमान्यता झल्किने भएको लोक संस्कृति जगेर्नामा टेलिभिजन लागि परेको कार्यवहाक अध्यक्ष कमलराज तिमिल्सिना बताउँछन् ।

SHARE