मिस वर्ल्ड प्रतियोगिताको सेमिफाइनल पुगिन् शृंखला खतिवडा

विस वल्र्डको सेमिफाइनल चरणमा पुगेकी छन् नेपाली चेली श्रृँखला खतिवडा । चीनको सान्या सहरमा मिस वर्ल्ड–२०१८ को प्रतिस्पर्धा भइरहेको छ । विभिन्न चरणका प्रतिस्पर्धा पार गर्दै उनी सेमिफाइनलमा पुगेकी हुन् । नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्। एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

टप मोडेल विधा अन्तर्गत उनी सेमिफाइनलमा पुगेकी हुन्। उनले बिहीबार साँझ फेसबुकमार्फत् आफू सेमिफाइनलमा पुगेको जानकारी गराएकी छन् । सेमिफाइनलमा पुगेपछि सामाजिक संजाल फेसवुकमा उनले लेखिन् ‘सेमीमा प्रवेश गर्दा म अत्यन्त खुशी छु । प्रतिस्पर्धाको कठिन अवस्थालाई शानदार तरिकाले अवस्थालाई सम्हाल्न सकेकोमा प्रतिस्पर्धीले मलाई बधाई दिएका थिए’, उनले लेखेकी छन्, ‘नेपालीले दिएको माया र विश्वासप्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु ।’

मिस वर्ल्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन् ।डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ।

SHARE